-
मिति: 11/08/2022 - 15:06
-
मिति: 10/12/2022 - 14:00
-
मिति: 08/02/2022 - 13:36
-
मिति: 10/06/2021 - 11:16
-
मिति: 06/27/2021 - 13:11
गाउँपालिकाको परिचय
देवानगजञ्ज गाउँपालिका राष्ट्रकाे नयाँ संरचना अनुसार सीमामा पर्ने एउटा स्थानीय तह हाे । विभिन्न ५ वटा साविककाे गाविसहरूलाई मिलाएर याे गाउँपालिका बनेकाे छ । नेपालका ७५३ स्थानीय तह मध्ये सुनसरीमा १२ वटा स्थानीय तह रहेका छन् जस मध्ये देवानगञ्ज पनि एक हाे । याे गाउँपालिका पूर्ण मधेशी, मुस्लीम, दलित र जनजातीकाे वाहुल्यता भएकाे क्षेत्र हाे । देवानगञ्ज गाउँपालिकामा साविककाे राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाविसलाई मिलाएकाे छ । याे गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाकाे दक्षिणी सिमा भारतकाे विहार राज्यकाे अररिया जिल्ला सँग जाेडीएकाे छ । ग्रामिण परिवेश भएर पनि सदरमुकाम इनरूवा काैवा खाेज मुख्य सडक आसपास क्षेत्र शहरीकरणा तर्फ उन्मुख छ । यहाँका ९० प्रतिशत स्थानीयहरू कृषि पेशामा आधारित रहेका छन् । खुल्ला सिमानाका कारण चाेरी डकैतीकाे त्रास रहेकाे यस गाउँपालिकामा विभिन्न बालिहरूकाे उत्पादन भने राम्राे छ । सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक र प्राकृतिक रूपमा सुविधाहरू पुगेकाे भए पनि पूर्ण रूपमा त्यसकाे उपयाेग र उपभाेग गर्न नपाएकाे अवस्था रहेकाे छ । कृषिमा आश्रितका लागि समयमा खाध, मल विउ बिजनकाे पर्याप्त उपलब्धता नभएकाे गुनासाे वर्षेनी आउने गरेकाे छ । यसकाे सम्वाेधन नभएका कारणले एकातिर चाेरी डकैतीकाे त्रास र अर्का तिर खेत भएर पनि उत्पादनकाे लागि सहज र सरल सुविधा पाउन नसकेकाे अवस्था विधमान छ । यस गाउँपालिकामा वसाेवास गर्ने स्थानीयहरूमा आपसी सदभाव, मेलमिलाप र भातृत्वकाे सम्वन्ध प्रगाढ छ । जसका कारण गाउँपालिकामा सामाजिक सदभाव कायम छ । यस क्षेत्रका नागरिकहरू आफ्नाे अधिकार र कर्तव्य पालना गर्न सदा तत्पर देखिन्छन् । यहाँ हिन्दु , इस्लाम, बौद्द र इसाई धर्म मान्नेहरूकाे बाहुल्यता रहेकाे छ ।
साबिक गा.वि.स. हरु :- राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज
हाल गा.पा. :- देवानगञ्ज
वडा संख्या :- ७
जनसंख्या :- ३५०६८
क्षेत्रफल :- ५३.५६ वर्ग कि.मि.